FAQs Complain Problems

लेकवेशी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

लेकवेशी नगरपालिकाको १३ औं नगरसभा मिति २०८० आषाढ २७ गते समापन भएको छ । नगर प्रुमख श्री उमेश कुमार पौडेलको आतिथ्यतामा

बसेको बैठकले गत बैठकबाट सैध्दान्तिक सहमतिका आधारमा विधायन समितिमा पेश भएका आ.व २०८०/०८१ को आर्थिक विधेयक, २०८०/०८१ को विनियोजन विधेयक, लेकवेशी नगरपालिकाको सूचना तथा तथ्यांक ब्यवस्थापन विधेयक २०८० लाई सर्वसम्मतरुपमा पारित गरेको छ । साथै, बैठकमा

न्यायिक समिति संयोजक श्री विमला खड्लुकले आ.व २०७९/८० मा न्यायिक समितिबाट भएका काम कारवाहीको प्रतिवेदन,

आ.व २०७९/८० मा अनुगमनका क्रममा देखिएका समस्याहरु र समाधानका उपायहरु पेश गर्नुभएको थियो ।

साथै, सभामा छुट्याईएको सुन्ने समयमा सभासदस्य ज्यूहरुले बजेट कार्यान्वयन, नदिजन्य पदार्थको उत्खनन्, विपद ब्यवस्थापन लगायतका विषयमा हालका समस्या

र सुझाव समेत पेश गर्नु भएको थियो ।

आर्थिक वर्ष: