FAQs Complain Problems

Revenue/ Foreign Aid

पारिवारीक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत मूल्य श्रृंखला सम्बन्धी अन्तरकृया गोष्ठी सफलतापूर्वक सम्पन्न

आज मिति २०८२ असार २१ गते पारिवारीक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत मूल्य श्रृंखला सम्बन्धी अन्तरकृया गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता नगर उपप्रमुख विमला खडलुक ज्यूले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारी,शाखा अधिकृत नारायण दत्त तिवारी, तथा अन्य शाखागत कर्मचारीहरूको गरिमामय उपस्थिति रहेको थियो। गोष्ठीमा २ ओटा सहकारीहरूबाट छनौट गरिएका लाभग्राही कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा दोहोरो अन्तर्क्रिया मार्फत लाभान्वित कृषकहरूको अनुभव, सुझाव र प्रतिक्रिया समेत संकलन गरिएको थियो ।
त्यसै गरी समापन समारोहको अध्यक्षता आदरणीय नगर प्रमुख उमेश कुमार पौडेल ज्यूले गर्नु भएको थियो।भने प्राविधिक कक्षा हरु कृषि शाखा को कर्मचारीहरु ले सञ्चालन गर्नु भएको थियो ।
सबै सहभागी, कृषक मित्रहरू तथा समर्पित कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गर्दछौं।

आर्थिक वर्ष:

//