FAQs Complain Problems

ग्यालरी

स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणका लागि धूम्रपान तथा मदिराजन्य पदार्थको प्रयोग, बिक्री तथा नियमन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा सहभागी सरोकारवालाहरूबीच जनचेतना अभिवृद्धि, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका विषयमा महत्वपूर्ण छलफल गरिएको थियो।

“स्वस्थ नागरिक, समृद्ध समाज” निर्माणका लागि सबैको साझा प्रतिबद्धता आवश्यक छ।

#धूम्रपान_नियन्त्रण #मदिराजन्य_पदार्थ_नियमन #जनचेतना #स्वस्थसमाज #अभिमुखीकरण_कार्यक्रम

मिति: 06/11/2026 - 14:59
, , , , , , ,

मिति २०८३ साल जेठ २२ गतेका दिन पर्न गएको विश्व वातावरण दिवस अवसरमा श्री उमेश कुमार पौडेल ज्युको अध्यक्षतामा यस लेकवेशी नगरपालिकामा पनि सरसफाइ तथा वृक्षारोपण लगाएतका कार्यक्रम गरि मनाइयो |

मिति: 06/10/2026 - 10:40
, , , , , , , , , , , , , ,

आज मिति २०८३/०२/२६ गतेका दिन लेकवेशी नगरपालिकालाई एक कार्यक्रमका बीच पूर्णखोप पालिका सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ। उक्त कार्यक्रममा लेकवेशी नगरपालिकाका प्रमुख एवंम पालिका खोप समन्वय समिति अध्यक्ष श्री उमेश कुमार पौडेल ज्युको अध्यक्षतामा सम्पन्न गरिएको थियो उक्त कार्यक्रममा नगर उप-प्रमुख श्री बिमला खड्लुक ज्यु, जिल्ला खोप समन्वय समितिका का.बा. श्री अध्यक्ष डिल्ली प्रशाद पाण्डे, जिल्ला खोप समन्वय समितिका सदस्य सचिब एवंम जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख श्री करुणा भट्टराई, लेकवेशी नगरपालिका अन्तर्गतका १ देखि १० वडाका वडा अध्यक्ष ज्युहरु,कार्यपालिका सदस्यहरु,नि.

मिति: 06/09/2026 - 16:16
, , , , , , , , , , , , , , , , , , ,

नेपाल सरकारको "पोषणमैत्री स्थानीय शासन (NFLG)" अभियानलाई संस्थागत र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि लेकवेशी नगरपालिकामा "पालिकास्तरीय पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम निर्माण कार्यशाला गोष्ठी" Care, iDE र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा आज मिति २०८३ साल जेष्ठ २२ गते शुक्रबारका दिन नगरपालिकाको सभाहलमा भव्यताका साथ आयोजना गरियो।

मिति: 06/05/2026 - 21:58
, , , , , , , , ,

लेकबेशी नगरपालिकामा मिति २०८३/०१/२८ र २९ गते सम्म यस नगरपालिकाका उपप्रमुख श्री बिमला खडलुक ज्युको अध्यक्षतामा , वडाअध्यक्ष कार्यपालिकाका सदस्यहरू र सम्पुर्ण कर्मचारीहरूकाे उपस्थितिमा लेकबेशि नगरपालिकाकाे GEDSI Aduit सम्पन्न भयाे।

मिति: 05/13/2026 - 19:33
, , , , , , ,

आज मिति २०८३-०१-२९ गते हाम्रो लेकवेशी नगरपालिका कार्यालय परिसरमा आयोजित सरसफाइ कार्यक्रममा सम्पूर्ण कर्मचारीको उत्साहजनक सहभागिताले वातावरणप्रतिको जिम्मेवारी र सचेतनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। सफा र हरियाली वातावरण निर्माणतर्फको यो सानो प्रयासले सकारात्मक परिवर्तनको सन्देश फैलाओस् भन्ने हाम्रो विश्वास छ।

मिति: 05/12/2026 - 20:03
, , , , , , , ,

लेकवेशी नगरपालिका अन्तर्गतका तीनवटा स्वास्थ्य चौकीहरुमा HPV DNA SCREENING शिविर सन्चालन गर्दा ७६४ जना महिलाहरु सेवाबाट लाभान्वित हुनुभएको छ । यस शिविर सन्चालनमा सहयोग गर्नुहुने जनप्रतिनिधि ज्युहरु, कार्यलय प्रमुख, जनस्वास्थ्य सेवा कार्यलयको टिम , प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टिम, स्वास्थ्य शाखा, प्राविधिक टिम साथै यस कार्यक्रमा सहयोग गर्नुहुने सम्पुर्ण स्वास्थ्यकर्मी टिमलाई धेरै धेरै धन्यवाद बेक्त गर्दछौ ।

मिति: 01/23/2026 - 20:44
, , , , , , , ,
मिति: 02/18/2024 - 11:33
मिति: 02/19/2023 - 08:14
मिति: 04/07/2022 - 12:06

Pages

//