FAQs Complain Problems

लेकवेशी नगरपालिकाको ७ औं नगरसभा सुरु

लेकवेशी नगरपालिकाको  ७ औं  नगरसभा मिति २०७७ आषाढ १० गते देखी सुरु भएको छ । नगर प्रमुख श्री गगन सिं सुनारको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप- प्रमुख श्री शान्ती कुमारी छन्तेलले आर्थिक वर्ष २०७७/७८ का लागी नीति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । अबको आर्थिक वर्षमा परिमाण मुखी भन्दा पनि परिणाम मुखी  योजना  र कार्यक्रमहरुमा जोड दिईने जानकारीदिनुभयो । उक्त कार्यक्रममा नगर प्रमुख तथा उप-प्रमुखले COVID-19 बाट ज्यान गुमाएका हरुलाई समवेदना साथै संक्रमित हरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा कार्यान्वयन हुने उल्लेखित नीति तथा कार्यक्रमका लागि कूल जम्मा रु. ६० करोड ४० लाख ७६ हजार २ सय २२ रुपैंया विनियोजन गरिएको छ । कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ३९करोड ११ लाख ४४हजार ३ सय ९२ रुपैयाँ र पूँजीगततर्फ  २० करोड ५६ लाख २९ हजार १५ रुपैंया विनियोजन गरिएको छ । त्यसै गरी विकास साझेदार संघसस्थाहरुको कार्यक्रम वापत रु ७३ लाख २ हजार ८सय १५ रुपैया रहेको छ ।

 

आगामी आ.व. २०७७/ ०७८ मा अनुमान गरिएको खर्चमध्ये आन्तरिक श्रोतवाट रु. १ करोड २४ लाख २ हजार ७ सय ७७ रुपैयाँ , संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदानबाट रु. ११ करोड  ३६ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान २५ करोड ७८लाख, संघीय सरकारबाट प्राप्त राजश्व वाँडफाँड रु. ८ करोड ७७ लाख २ हजार ६सय ३० रुपैयाँ , संघीय सरकारबाट विशेष शसर्त अनुदान २ कारोड ४० लाख ,संघीय सरकार समपुरबाट रु. १ करोड २८ लाख ,प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु.  ९९ लाख ६० हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व वाँडफाँड रु. ७ लाख ७२ हजार र संघीय सरकारबाट प्राप्त सशर्त अनुदान (सामाजिक सुरक्षा)रु. ७ करोड ७७ लाख ३६ हजार ,  परिचालन गरिने छ ।साथै विकास साझेदार गैरसरकारी संघसंस्थाहरुबाट रु.७३ लाख २ हजार ८ सय १५ रुपैयाँ परिचालन गरिने छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: