FAQs Complain Problems

लेकवेशी नगरपालिकाको १४ औं नगरसभा सम्पन्न

लेकवेशी नगरपालिकाको १४ औं नगरसभा मिति २०८० माघ २२ गते सम्पन्न भएको छ ।  मिति २०८० माघ २२ गते  नगर प्रुमख श्री उमेश कुमार पौडेलको अध्यक्षतामा बसेको  नगरसभाको दोश्रो बैठकले  २०८०/०८१ को बार्षिक बजेट तथा कार्यक्रम अनुसार नगरपालिका र १० वटै वडाबाट पेश भई २८औं नगर कार्यपालिका बैठक मार्फत नगरसभाको पहिलो बैठकमा पेश भएका कार्यक्रम र आयोजनाहरूको संशोधन प्रस्ताव माथि छलफल र
 अनुमोदन  , विधायन समिति संयोजक श्री हरि प्रसाद रेग्मीले १४औं हिउँदे नगरसभाको पहिलो बैठकमा पेश भएका लेकवेशी नगरपालिकाको स्वास्थ्य विधेयक २०८० र  वन पैदावार सम्बन्धि विधेयक २०८० लाई अनुमोदन गर्नुका साथै  अनूगमन तथा सुपरीवेक्षण समितिका संयोजक एवं नगर उप-प्रमुख श्री बिमला खड्लुकले
पेश गर्नुभएको न्यायिक समितिबाट सम्पादन भएको कार्य प्रगति प्रतिवेदन, चालु आ.व. ०८०/०८१ को श्रावण देखि २०८० पौष मसान्त सम्म ठेक्का तथा सम्झौता भई सञ्चालन भएका योजनाहरूको विवरण र सम्पन्न भएका योजनाहरूको अनूगमन तथा सुपरीवेक्षण प्रतिवेदन  ,  सार्वजनिक लेखा समिति संयोजक श्री रुद्रबहादुर नेपालीले पेश गर्नुभएको लेकवेशी नगरपालिकाको आ.व. २०७८/०७९ को म.ले.प. प्रतिवेदनको संक्षिप्त विवरण, औल्याइएका बेरूजु र सोको सम्बन्धमा गरिएको कामको प्रगति प्रतिवेदन  माथि समेत छलफल भएको छ । 
२०८० माघ १५ देखि सुरु भएको १४ औं हिउँदे नगरसभा  २०८० माघ २२ गते  सम्पन्न भएको हो । 
 

आर्थिक वर्ष: