FAQs Complain Problems

Revenue/ Foreign Aid

मध्यम प्रविधियुक्त बहुउद्धेश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम संचालनका लागि प्रस्ताव आव्हानको सूचना।

(प्रथम पटक सूचना प्रकाशित मिति: २०७८/०९/१३ गते)

 

लेकवेशी नगरपालिका कृषि विकास शाखाको आ.व. २०७८/०७९ को  वार्षिक स्वीकृत कार्यक्रम अनुसार मध्यम प्रविधियुक्त बहुउद्धेश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम रहेको हुँदा इच्छुक नर्सरी कृषक/ कृषक समुह/ कृषि सहकारी/ निजी फर्महरुबाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ।यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयम तपशिल बमोजिमका कागजातहरु संलग्न राखि आवेदन सहित प्रस्ताव आव्हान गरिएको छ।

तपसिल:

कर्यक्रम संचालन स्वीकृत कार्यविधि अनुसार हुनेछ।

कार्यक्रमको नाम: मध्यम प्रविधियुक्त बहुउद्धेश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम।

संख्या: १

विनियोजित रकम रु. ७,५०,०००।०० (सातलाख पचास हजार)

आवश्यक कगजातहरु:

  1.  रु १० को हुलाक टिकट टाँस गरेको कार्यक्रम मागको निवेदन।
  2. समूह/सहकारी/फर्म दर्ता/नविकरण/स्थायी लेखा नं./करचुक्ता प्रमाण पत्रको प्रतिलिपी।
  3. समूह/सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपी।
  4. नर्सरी स्थापना हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा जग्गा भाडामा लिएको भए कम्तीमा १० बर्षको करार सम्झौता पत्रको प्रतिलिपी।
  5. नर्सरी व्यवस्थापन तथा विरुवा उत्पादन सम्बन्धी तालिम वा अनुभव भएमा सो प्रमाण पत्रको प्रतिलिपी।
  6. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी।
  7. कार्ययोजना, प्रतिबद्धता पत्र।
  8. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।

आर्थिक वर्ष: