FAQs Complain Problems

Revenue/ Foreign Aid

स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयेल) परियोजना अन्तर्गत तेश्रो पक्षीय वित्तीय सहयोग उप–परियोजनाको लागि प्रस्तावपत्र आव्हान

हेल्भेटास नेपालले युरोपियन युनियसंगको वित्तीय सहकार्य तथा सहयोगी समाज नेपाल, सर्लाही र महिला सशक्तिकरण मन्च नेपाल, दैलेखसंगको साझेदारीमा मधेश प्रदेश र कर्णाली प्रदेशका आठ वटा पालिकाहरुमा‘स्थानीय शासन प्रक्रियामा युवा संलग्नता प्रवर्धन (प्रोयेल)/ परियोजना संचालन गरिरहेको छ । यस परियोजनाले स्थानीय शासन प्रक्रियामा युवा संलग्नतालाई संस्थागत हुने वातावरण सिर्जनागर्न सहजीकरण गर्ने लक्ष्य राखेको छ । तेस्रो पक्षीयवित्तीय सहयोग (Financial Support to Third Parties) यस परियोजनाको एक महत्वपूर्ण अवयवहो । यस अवयवको मुख्य उद्धेश्य सम्बन्धित स्थानीय तहहरूमा सुशासन प्रवर्धनको लागि स्थानीय संघ संस्थाहरु बिशेष गरिकन युवा संस्थाहरुलाई सृजनात्मक÷नविन कृयाकलापहरु उपपरियोजनाको रुपमा संचालनगर्न सहकार्य गर्नु रहेको छ । यस परियोजना संचालित स्थानीय तहहरुमा स्थानीय स्तरका उपपरियोजनाको लागि स्वीकृत ढाँचा अनुसार प्रस्ताव पत्र तयार गरी डिसेम्बर ३१, २०२२ भित्र पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।प्रोयेल परियोजना सम्बन्धी थप जानकारी, यस प्रस्ताव अन्तर्गत स्थानीय स्तरमा संचालन गर्न सकिने संभाब्य कृयाकलापहरुको सूची, सम्बन्धित तेश्रो पक्षहरुको योग्यता, प्रस्ताव पत्रसाथ पेश गर्न पर्ने कागजातहरु, प्रस्तावपत्र छनौटका आधारहरु, समयतालिका, वित्तीय सहयोग सीमा तथा बजेट ढाँचा लगायतका विस्तृत जानकारीहरु प्रस्ताव आव्हान पत्रमा उपलब्ध गराइएको छ । प्रस्ताव आव्हान पत्र तथा प्रस्ताव पत्रको ढाँचा हेल्भेटास नेपालको वेभ साइट (https://www.helvetas.org/en/nepal/who-we-are/follow-us/public announcements)बाट डाउनलोड गर्न वा

 सहयोगी समाज नेपाल (हरिवन,सर्लाही, फोन नं. ०४६–५३०६७५, इमेलः(helpingsociety2010@gmail.com) र महिला सशक्तिकरण मन्च नेपाल(बीरेन्द्रनगर, सुर्खेत, फोन नं. ०८९–४२०२३१,९८५६०६५२२२ इमेलः(weafnepal2004@gmail.com) बाट प्राप्तगर्न सकिनेछ ।

आर्थिक वर्ष: