FAQs Complain Problems

कार्यक्रममा सहभागी हुन सूचिकृत हुने बारे सूचना ।

यस लेकवेशी नगरपालिका नगर कृषि विकास शाखा अन्तर्गत आ.व. २०७९/०८० मा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन इच्छुक कृषक समुह/कृषि सहकारी संस्था/कृषि उद्यमी लाई तपशिल बमोजिमका कागजातहरु संलग्न गरि यो सूचना प्रकाशन भएको मितिले ३५ दिन अर्थात मिति २०७९/०५/१२ गते भित्र यस कार्यालयमा सूचिकृत हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सुचिकृत नभएका समूह/संस्थाहरुलाई कार्यक्रममा सहभागी गराईने छैन ।

साथै यस विषयमा थप जानकारीका लागि ९८१९५८५८९९, ९८०७५७८४४७, ९८००५२२१३१,९८१२५७०५१७ मा सम्पर्क गर्नुहोला ।

तपशिल ः

१. कृषक समूह/ कृषि सहकारी/कृषि उद्यमीको नविकरण सहितको प्रमाण पत्रको प्रतिलिपि ।

२. कृषक समूह/कृषि सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपि ।

३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि ।

४ .कृषि उद्यमीको हकमा नगरिकताको प्रतिलिपि ।

आर्थिक वर्ष:

Word File: