Flash News
Revenue/ Foreign Aid
सम्झौता सम्वन्धि सूचना
सूचना प्रकाशन मितिः २०७८/१२/०१
आ.ब.२०७८/०७९ मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, लेकवशी नगरपालिका अन्तर्गत तरकारी पकेट सञ्चालन गर्नुपर्ने भएकोले तपशिलका कृषक समूह / कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र अर्थात मिति २०७८/१२/०७ गते भित्र यस कार्यालयमा तोकिएको ढाँचा (अनुसूची-१०) अनुसार फर्मेट भरी सम्झौताका लागि सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
साथै यस विषयमा थप जानकारीका लागि ९८१९५८५८९९, ९८६८८२७११०मा सम्पर्क गर्न सकिनेछ ।
तपशिलः
- सिर्जनशिल कृषि तथा पशुपालन कृषक समूह – लेकवेशी न.पा. – ४
- झरना तरकारी तथा खाद्यान्न उत्पादन कृषक समूह – लेकवेशी न.पा. – ३
- हरियाली घरबगौंचा कृषि तथा विउ उत्पादन सहकारी सं.ली. – लेकवेशी न.पा. – 3
- अमृत तरकारी तथा विउ उत्पादन कृषक समूह – लेकवेशी न.पा. – ३
- चाँदनी फलफूल तरकारी कृषि सहकारी सं.ली. – लेकवेशी न.पा. – ५
निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः
- कृषि समूह/ कृषि सहकारीको दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
- कार्यक्रम सञ्चालन हुने स्थान जग्गा/ जमिन को स्वामित्व खुल्ने कागजात वा भाडाको जग्गा भएमा कम्तिमा ५ बर्षको सम्झौतानामा ।
- निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि ।
- कार्य समितिको निर्णयको प्रतिलिपि ।
सम्बन्धित वडा कार्यलयको सिफारिस पत्र ।