FAQs Complain Problems

लेकवेशी नगरपालिकाको  ९औं नगरसभा सुरु

लेकवेशी नगरपालिकाको  ९औं  नगरसभा मिति २०७८ आषाढ १० गते देखी सुरु भएको छ । नगर प्रमुख श्री गगन सिं सुनारको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा नगर उप- प्रमुख श्री शान्ती कुमारी छन्तेलले आर्थिक वर्ष २०७८/७९ का लागी नीति तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो । अबको आर्थिक वर्षमा परिमाण मुखी भन्दा पनि परिणाम मुखी  योजना  र कार्यक्रमहरुमा जोड दिईने जानकारीदिनुभयो । उक्त कार्यक्रममा नगर प्रमुख तथा उप-प्रमुखले COVID-19 बाट ज्यान गुमाएका हरुलाई समवेदना, पारिवारिक अवस्थाका आधारमा सहायता प्रदान गरिने  साथै संक्रमित हरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा कार्यान्वयन हुने उल्लेखित नीति तथा कार्यक्रमका लागि कूल जम्मा रु. ६३१६८४१४५/- (त्रिसठ्ठी करोड सोह्र लाख चौरासी हजार एक सय पैतालिस रूपैयाँ) ​ विनियोजन गरिएको छ । कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ  रू. २२०२७९४६४/- (बाईस करोड दुई लाख उनान्असी हजार चार सय चौसठ्ठी रूपैयाँ) र पूँजीगत तर्फ रू. ४११४०४६८१/- (एकचालिस करोड चौध लाख चार हजार छ सय एकासी रूपैयाँ) । 

आगामी आ.व. ०७८/०७९ मा अनुमान गरिएको खर्च मध्य संघीय समानिकरण अनुदान रू. १२०००००००/- (बाह्र करोड रूपैयाँ), संघीय राजश्व बाडफाँड रू.८८३२००००/- (आठ करोड त्रियासी लाख बीस हजार रूपैयाँ), प्रदेश सरकार समानिकरण अनुदान रू.१२८५७०००/- (एक करोड अठ्ठाईस लाख सन्ताउन्न हजार), प्रदेश सरकार राजश्व बाँडफाँड रू.१३१२१४५/- (तेह्र लाख बाह्र हजार एक सय पैतालिस रूपैयाँ), लेकवेशी नगरपालिका आन्तरिक स्रोत (आन्तरिक राजश्व, दहत्तर बहत्तर शुल्क, बैंक मौज्दात) बाट रू.४९००००००/- (चार करोड नब्बे लाख रूपैयाँ) परिचालन गरिनेछ । साथै विकास साझेदार संघसंस्थाहरूबाट आ.व. ०७८/०७९ मा सञ्चालन गर्ने कार्यक्रमको प्रस्ताव पेश भए बमोजिम कार्यक्रम सञ्चालन गरिनेछ ।

 

सोहि अवसरमा सभाध्यक्ष नगर प्रमुख  गगन सिं सुनारले COVID का कारण रोकिएका कार्यहरु स्वास्थ्य मापदण्ड अपनाई सिघ्ररुपमा पुन:संचालन हुने र  लामो समयदेखी अपेक्षाकृत धुलियाबिट-भेडाबारी सडक खण्ड समेत संघीय सरकारसंगको समन्वयमा यहि आर्थिक वर्ष देखी सुरुहुने जानकारी दिनुभएको छ ।

नगरसभाको दोश्रो बैठक आषाढ २१ गते विहान ११:०० बजे बस्ने छ ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: