Flash News
Revenue/ Foreign Aid
पालिकास्तरीय पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम निर्माण कार्यशाला गो
नेपाल सरकारको "पोषणमैत्री स्थानीय शासन (NFLG)" अभियानलाई संस्थागत र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि लेकवेशी नगरपालिकामा "पालिकास्तरीय पोषणमैत्री स्थानीय शासन कार्यान्वयनका लागि बजेट तथा कार्यक्रम निर्माण कार्यशाला गोष्ठी" Care, iDE र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा आज मिति २०८३ साल जेष्ठ २२ गते शुक्रबारका दिन नगरपालिकाको सभाहलमा भव्यताका साथ आयोजना गरियो।
लेकवेशी नगरपालिकाका नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति (सुर्खेत) का प्रमुख श्री गगनसिंह सुनारज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर उप-प्रमुखज्यूको विशेष उपस्थिति हुनुका साथै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य प्रशासक श्री करुणा भट्टराईज्यूको विशिष्ट उपस्थिति रहेको थियो।
कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनालाई पालिकाको आगामी बजेट र नीति तथा कार्यक्रममा कसरी समावेश गर्ने भन्ने विषयमा सरोकारवालाहरूबीच सघन छलफल र प्रस्तुतीकरणहरू गरिएका थिए:
१.नगरपालिकाको पोषण प्रोफाइल सम्बन्धी मस्यौदामाथि श्री चेतन केसी र जनस्वास्थ्य प्रशासक श्री करुणा भट्टराईज्यूले प्राविधिक तथा व्यावहारिक पृष्ठपोषण (Feedback) प्रदान गर्नुभएको थियो।
२.लेकवेशी नगरपालिकाको पोषणको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाका बारेमा नगरपालिकाका पोषण सम्पर्क व्यक्ति एवं कृषि विकास अधिकृत जीवन उप्रेतीले विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो।
३. आगामी आर्थिक वर्षका लागि बजेट तथा ठोस कार्ययोजना निर्माण गर्ने सत्रको सहजीकरण श्री तपराज जोशीले गर्नुभएको थियो।कार्ययोजना निर्माण को क्रममा लेकवेशी नगरपालिका को सबै वार्ड को स्वास्थ्य संस्था को प्रमुख/प्रतिनिधि ले आफ्नो संस्थामा भएको सूचक सम्बन्धी समस्या र समाधानका उपायहरु सम्बन्धी प्रस्तुति गर्नुभएको थियो।
Care, iDE र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा आयोजित यस कार्यशालाले लेकवेशी नगरपालिकालाई आगामी दिनमा पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने दिशामा स्पष्ट मार्गचित्र (Roadmap) तय गरेको छ। कार्यक्रममा सबै वडा अध्यक्षहरू, पोषण निर्देशक समिति सदस्यहरू, विषयगत शाखाका प्रमुखहरू/प्रतिनिधीहरु, लेकेवेशी नगरपालिकाको १३ ओटै स्वास्थ्य संस्थाको प्रमुख/ प्रतिनिधीहरु तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
उक्त कार्यक्रममा उत्घोषण कृषि विकास अधिकृत श्री जीवन उप्रेतीले गर्नुभएको थियो भने स्वागत मन्तव्य पोषण परियोजना संयोजक श्री चन्द्र बहादुर थापाज्युले राख्नु भएको थियो।



