Flash News
Revenue/ Foreign Aid
स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुखहरुसँग "घुम्ती बैठक" कार्यक्रम
आज मिति २०८२/०२/०८ गते कृषि विकास निर्देशनालय, सुर्खेतको आयोजनामा स्थानीय तहमा कार्यरत कृषि शाखा प्रमुखहरुसँग "घुम्ती बैठक" कार्यक्रम लेकवेशी नगरपालिका, कल्याण, सुर्खेतमा सफलतापूर्वक सम्पन्न भयो।
यस कार्यक्रमको अध्यक्षता निर्देशनालयका निमित्त निर्देशक तिलक प्रसाद पाण्डेज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि नगरप्रमुख उमेश कुमार पौडेल,विशेष अतिथि उपप्रमुख बिमला खड्लुक,
र प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारीज्यू रहनु भएको थियो ।
कार्यक्रममा सुर्खेत जिल्लाका ९ मध्ये ८ वटा पालिकाका कृषि शाखा प्रमुखज्यूहरूको सक्रिय सहभागिता रहेको थियो। साथै, सम्पूर्ण शाखा प्रमुखहरूले आ–आफ्नो पालिका को कृषि विकास कार्यक्रमका प्रगति प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटननगरप्रमुखज्यूले गमलामा पानी हालेर गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक बागवानी विकास अधिकृत टेकराज रेग्मी ले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो ।