FAQs Complain Problems

खानेपानी तथा सरसफाई योजनाको सूचारुपना सम्मेलन २०८२ सम्पन्न

लेकवेशी नगरपालिकाको आयोजना, Helvetas Nepal को आर्थिक र प्राविधिक सहयोग र स्याक नेपालको सहजीकरणमा खानेपानी तथा सरसफाई योजनाको सूचारुपना सम्मेलन २०८२ (बैशाख २५ र २६) नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, उप-प्रमुख विमला खड्लुक ज्यूको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री पहलमान अधिकारी ज्यूको विशेष आतिथ्यता र खानेपानी तथा सरसफाईका क्षेत्रमा क्रियाशिल सरकारी तथा गैर सरकारी कार्यालय हरु: संघीय खानेपानी कार्यालय ,खानेपानी सिंचाई तथा उर्जा बिकाश निर्देशनालय, सुस्वा नेपाल, कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (KidarC), युनिसेफ, एस.एन भि, सुन्दर नेपाल संस्था, नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय सुर्खेत, खानेपानी तथा सरसफाई उपभोक्त्ता महासंघ,वाश पत्रकार समूह , सुर्खेत , ल्याक नेपाल, भेरीगंगा एफ एम, रेडियो भेरी एफ एम का प्रतिनिधिहरु, पालिकाका खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा उपभोक्ता समितिका असल अभ्यासको प्रस्तुती, देखिएका चुनौतीहरु र समाधान र पालिका मा संचालित खानेपानी योजनाहरुको सुचारुपना कायम राख्न पालिकाले लिने निती र भावी कार्यदिशाका बारेमा छलफल गरिएको छ ।

आर्थिक वर्ष:

//