FAQs Complain Problems

Revenue/ Foreign Aid

पारिवारिक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत पारिवारिक खेती र जलवायु परिवर्तन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०८२ बैशाख १५ गते, सोमवार लेकबेशी नगरपालिका कृषि विकास शाखाको आयोजनामा श्री साना किसान कृषि सहकारी संस्था लि., लेकबेशी न.पा.-९, साटाखानी, सुर्खेतमा नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूको अध्यक्षतामा पारिवारिक खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत पारिवारिक खेती र जलवायु परिवर्तन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम
सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा कृषि विकास शाखाका प्रमुख श्री जीवन उप्रेतीज्यूले पारिवारिक खेतीको परिचय, कार्यान्वयन विधि र जलवायु परिवर्तनको प्रभाव र सम्बोधन उपायहरू सम्बन्धी महत्वपूर्ण प्रस्तुतीकरण दिनुभएको थियो।

त्यस्तै, श्री साना किसान कृषि सहकारी संस्था लि. का मुख्य प्रबन्धक श्री हरीप्रसाद पौडेलज्यूले कार्यक्रमको समन्वय र सहकारीको भूमिकाबारे मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूले लेकबेशी नगरको समग्र कृषि विकास, पारिवारिक खेती प्रवर्द्धन र दिगो कृषि प्रणालीलाई अगाडि बढाउने विषयमा महत्वपूर्ण मार्गदर्शन दिनुभएको थियो।
यस कार्यक्रममा सहकारीमार्फत छनोट गरिएका १८ देखि ५० वर्ष उमेर समूहका लक्षित कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।

आर्थिक वर्ष: