Flash News
Revenue/ Foreign Aid
लेकवेशी नगरपालिकाको ८ औं स्थापना दिवस २०८१ फाल्गुण २७ गते सम्पन्न
लेकवेशी नगरपालिकाको ८ औं स्थापना दिवस २०८१ फाल्गुण २७ गते सम्पन्न भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, पूर्व सामाजिक विकास मन्त्री तथा कर्णाली प्रदेश सभा सदस्य माननीय खड्क बहादुर पोखरेलज्यू को प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति सदस्य श्री पृथ्वी बहादुर बि.सी.ज्यू, पूर्व नगर प्रमुख श्री गगनसिं सुनारज्यू, पूर्व नगर उप-प्रमुख श्री शान्ति कुमारी छन्तेलज्यू , साविक गा.वि.स. कालिन अध्यक्ष तथा उपाध्यक्षज्यूहरु को विशेष आतिथ्यता, कार्यपालिका सदस्य ज्यूहरु, क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, नगरपालिका अन्तरगतका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु, सबै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधिहरु, लेकवेशी नगरपालिका घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष ज्यू, लेकवेशी नगरपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ज्यू, सबै सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, लेकवेशी नगरपालिका अन्तरगत विभिन्न वडाहरुमा संचालित खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं प्रतिनिधिज्यूहरु को उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा :
जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शील्ड स्वर्ण पदक बिजेताहरु लाई पुरस्कृत,
भलिवल तर्फ प्रथम स्थान आउने लेकवेशी नगरपालिकाका खेलाडी हरु लाई सम्मान
नगरपालिकाका साममुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु मध्ये श्री जीवन ज्योती मा.वि. दशरथपुरका प्र.अ.श्री तिर्थ प्रसाद पौडेलज्यूलाई सम्मान
लेकवेशी नगरपालिका बाट संचालित हेलो धारा परियोजन संचालन रहेकोमा लेकवेशी नगरपालिकाको मिति २०८१/०७/२१ को सूचना बमोजिम गत आ.ब. २०८०/०८१ मा संचालित खानेपानी उपभोक्ता समितिहरु मध्ये उत्कृष्ट प्रर्दशन गर्ने उपभोक्ता समितिलाई सम्मान
अवकास हुनुभएका रिटायर्ड कर्मचारीहरुलाई सम्मान र प्रशंसा पत्र प्रदान गरिएको छ ।
लेकवेशी नगरपालिकाको कृषि तथा पशुपालन तथा उद्योग क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएका कृषक, पशुपालक र उद्योगीज्यूहरुलाई खादा र कदर-पत्र प्रदान गरिएको छ ।
शैक्षिक सत्र २०८० को कक्षा १० को SEE मा उत्कृष्ट अंक ल्याउने छात्रा /छात्र एवं भाईबहिनीलाई प्रमाण-पत्र र नगद पुरस्कार वितरण,
शैक्षिक सत्र २०८० को कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने छात्रा तथा छात्र अर्थात भाईबहिनी लाई पुरस्कार वितरण समेत गरिएको छ ।
, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्काज्यूको विशेष आतिथ्यता,