FAQs Complain Problems

Revenue/ Foreign Aid

उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

उपभोक्ता समितिबाट हुने योजना सम्झौता,कार्यान्वयन र भुक्तानी प्रक्रियामा कतिपय उपभोक्ता समितिहरु प्रक्रिया नपुर्याई योजनाका भुक्तानी लगायतका कार्यका लागि पटक पटक कार्यालयमा आउनु पर्ने समस्यालाई हटाउन २०८१ फाल्गुण ०६ गते
उपभोक्ता समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम लेकवेशी नगरपालिका सभाहलमा समपन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यता, र उप-प्रमुख श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यतामा, योजना तथा अनुगमन शाखाको आयोजनामा नगरपालिका सभाहलमा सम्पन्न कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष,सचिव हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा योजनाका लागि समिति गठन, कार्यान्वयनमा ध्यान दिनुपर्ने प्राविधिक कुराहरु(सुरक्षा, गुणस्तरीय सामानको पहिचान) लगायतका विषय, र भुक्तानीको प्रक्रियालाई विस्तृत रुपमा छलफल गरिएको थियो ।

आर्थिक वर्ष: