Flash News
Revenue/ Foreign Aid
दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तीहरुको जन प्रतिनिधि तथा कर्मचारीहरुसँग सवाल विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१ पौष ०३ गते लेकवेशी नगरपालिकामा NAB /DAB परियोजना सुर्खेतको आयोजना र डनिस एसोसियसन अफ दब्लाईन्डको सहयोगमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तीहरुको जन प्रतिनिधि तथा कर्मचारीहरुसँग
सवाल विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लेकवेशी नेत्रहिन संघका अध्यक्ष श्री निलकण्ठ भट्टराई ज्यूको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यता, उप-प्रमुख श्री विमला खड्लुक ज्यूको
विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको विशेष आतिथ्यता र जन प्रतिनिधि ज्यूहरु, शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा समाजको अपाङ्गहरुलाई हेर्ने
दृष्टिमा पर्वर्तन ल्याउनुपर्ने र अपाङ्गता भएका ब्यक्तीहरुलाई पनि अन्य मानिस हरुलाई जस्तै समान अवसर प्रदान गरी मुलधारमा ल्याउन पालिकाबाट लिईनुपर्ने पहल कदमीका बारेमा समेत छलफल भएको छ ।