Flash News
Revenue/ Foreign Aid
हेल्लोधारा परियोजना अन्तरगत खानेपानी उपभोक्ता समिति प्रोत्साहन कार्यक्रममा सहभागी हुनेबारेको सूचना ।
हेल्लोधारा परियोजना अन्तरगत खानेपानी उपभोक्ता समिति प्रोत्साहन कार्यक्रममा सहभागी हुनेबारेको सूचना ।
( पहिलो पटक प्रकाशन मिति २०८१/०७/२१)
लेकवेशी नगरपालिकामा विद्यमान खानेपानी योजनाको ९० प्रतिशत भन्दा बढी सुचारुपना कायम राख्ने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई प्रोत्साहित गर्नको लागि नगरपालिकाद्वारा यो प्रतियोगिता आयोजना गरिएको छ । यस प्रतियोगितामा योजनाको सुचारुपना उत्कृष्ट प्रदर्शन गर्ने खानेपानी उपभोक्ता समितिहरुलाई नगद वा जिन्सी पुरस्कार प्रदान गरिनेछ । यस नगरपालिकामा विद्यमान सम्पुर्ण खानेपानी उपभोक्ता समितिहरुलाई यस प्रतियोगितामा सहभागिताका लागि आह्वान गरिन्छ ।
प्रतियोगितामा सहभागी उत्कृष्ट सुचारुपना कायम गर्ने खानेपानी योजनाका उपभोक्ता समिति मुल्यांकन मापदण्ड:
- उपभोक्ता समितिले आफ्नो योजना उत्कृष्ट सुचारुपना रहेको दावी सहितको निवेदन र नगरपालिकाद्वारा उपलब्ध गराईएको मुल्यांकन फारम भरेर पेश गर्नुपर्नेछ ।
- नगरपालिकामा प्राप्त निवेदन र उपभोक्ता समितिद्वारा स्वःमुल्यांकन गरि पेश गरिएको फारमको प्रारम्भिक मुल्याङ्कन पछि राम्रो सुचारुपना भएका मध्ये बढि अंक प्राप्त गर्ने १०-१५ योजनाको छोटो सुची तयार गरिनेछ ।
- छोटो सुचीमा छनौट भएका योजनाहरुको मुल्यांकन समितिद्वारा योजना स्तरमा गएर अनुगमन गरिनेछ ।
- योजना स्तरको अनुगमनको आधारमा उत्कृष्ट सुचारुपना कायम गर्ने ३ वटा (पहिलो, दोस्रो र तेस्रो) उपभोक्ता समितिहरु छनौट गरिनेछ ।
- मुल्यांकन समितिले गरेको नतिजा नगरपालिकाले सार्वजनिक गर्नेछ ।
- मुल्यांकनबाट उत्कृष्ट सुचारुपना कायम राख्ने ३ वटा उपभोक्ता समितिलाई नगरपालिका स्तरमा गरिने खानेपानी योजनाको सुचारुपना सम्मेलन वा नगरपालिकाले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पुरुस्कार वितरण तथा सम्मानित गरिनेछ ।
आवेदन पेश गर्ने अन्तिम मितिः २०८१/०८/०५
आवश्यक कागजातहरुः निवेदन, समितिले स्व-मुल्यांकन गरिएको फारम, संस्था दर्ता तथा नवीकरण प्रमाण-पत्र, पछिल्लो दुई बैठकको समितिको माईन्यूटको प्रतिलिपी, पछिल्लो महिनाको पानी महशुल संकलनको प्रमाण, वार्षिक सधारण सभाको माईन्यूट प्रतिलनपी ।
पुनश्चः मुल्यांकन फारम तथा थप जानकारीका लागि लेकबेशी नगरपालिका, खा.स.स्व.इकाई वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर: ९८४३१४७७०९, ९८५८०६२२८४
मुल्याङ्कन फारम नगरपालिकाको वेबसाईट : https://lekbeshimun.gov.np/hello-dhara-form बाट समेत प्राप्त गर्न सकिने छ ।