FAQs Complain Problems

Revenue/ Foreign Aid

कार्यक्रममा सहभागी हुन आवेदन पेश गर्ने सम्बन्धि सूचना

 

यस लकवेशी नगरपालिका कृषि विकास शाखाको आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम नगरपालिका भित्रका ईच्छुक व्यावसायिक कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारीहरुले तपशिल बमोजिमको च्याउको बीउमा पचास प्रतिशत मूल्य अनुदान कार्यक्रममा सहभागी हुन आवश्यक कागजात सहित यो सूचना प्रकाशित मितिले ७ दिन भित्र अर्थात २०८१/०७/०५गते कार्यालय समय भित्र आवेदन दर्ता गर्नहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

तपशिल

बाली : च्याउ

जात: कन्ये

कैफियत

संलग्न हुनुपर्ने आवश्यक कागजातहरु :

 १) वडा कार्यालयको सिफारिस पत्र ।

२) समूह/सहकारी/ फर्मको दर्ता प्रमाण-पत्रको प्रतिलिपि ।

३) PAN वा VAT प्रमाण-पत्रको प्रतिलिपि ।

४) समूह/ सहकारीको हकमा निर्णयको प्रतिलिपि

५) सहकारी संस्थाको हकमा गत आ.व. को कर चुक्ता प्रमाण-पत्र ।

यस सम्बन्धी थप जानकारीको लागि सम्पर्क : ९८१९५८५८९९, ९८६८८२७११०, ९८६५३४६०८२

आर्थिक वर्ष: