Flash News
Revenue/ Foreign Aid
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सम्पन्न
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन सम्पन्न भएको छ । योजना शाखा प्रमुख श्री डिलाराम चपाईं ज्यूको संयोजकत्व , नगर उद्यम विकास शाखा प्रमुख, नगर कृषि विकाश शाखा प्रमुख, नगर स्वास्थ्य शाखा प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरेन्द्रनगर, सुर्खेतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेतका प्रतिनिधि तथा ईलाका प्रहरी कार्यालय, हिलेसोताका प्रमुख सहितको समितिले चाडबाडका समयमा हुन सक्ने मिसावट, कालोबजारी तथा अखाध्य बस्तु विक्रीलाई रोक्न बजार अनुगमन गरिएको थियो । पालिका अन्तरगतका ६८ वटा पसल अनुगमन गर्दा झण्डै रु. ७६४८४ (छ्यहत्तर हजार चारसय चौरासी रुपैंया) बराबरको म्याद नाघेका, रंग मिसावट भएका , लेबल नभएका दाल,पिठो, विकुस्ट, मसला,मिठाई लगायतका अखाध्य बस्तुहरु नष्ट गरिएको छ ।