FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न

लेकवेशी नगरपालिकाको आ.व २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई लेकवेशी नगरपालिकाको आयोजना र सक्रिय परामर्श सेवा प्रा.लि को सहजीरणमा मिति २०८१ आषाढ २० गते लेकवेशी नगरपालिका वडा नं १को आदर्श मा.वि लेखफर्सा मा सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, नगर-उप प्रमुख विमला खड्लुक ज्यूको विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको  आतिथ्यतामा सम्पन्न कार्यक्रममा जन प्रतिनिधि , उपभोक्ता समिति प्रतिनिधि, तथा सरोकारवालाहरुको समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा योजना सम्झौता,भुक्तानी,कृषि,शिक्षा लगायतका विषयमा प्रश्न राख्नु भएको थियो भने शाखा प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख र उप-प्रमुखले जिज्ञाशा र गुनासोलाई सम्बोधन गर्नु भएको थियो ।

आर्थिक वर्ष: