FAQs Complain Problems

Revenue/ Foreign Aid

विश्व वातावरण तथा राष्ट्रिय सरसफाई सप्ताह २०८१ शुभारम्भ

मिति २०८१ जेष्ठ २३ गते देखि लेकवेशी नगरपालिकामा "प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं" भन्ने मुलनारा सहित विश्व वातावरण तथा राष्ट्रिय सरसफाई सप्ताह २०८१
शुभारम्भ भएको छ । नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, उप-प्रमुख श्री विमला खड्लुक र प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको विशेष आतिथ्यता र सामुदायिक वन समितिका अध्यक्ष तथा विषयगत शाखा प्रमुखहरुको उपस्थितिमा
भएको कार्यक्रममा वनमा हुने आगजनी नियन्त्रण, फोहोरमैला ब्यवस्थापन लगायत खानेपानी ब्यवस्थापन लगायतका विषयमा छलफल भएको छ । कार्यक्रममा नगर प्रमुख ,उप प्रमुख,प्रमुख प्रशासकीय अधिकृत तथा सहभागीहरुले वृक्षारोपण समेत गर्नुभएको थियो।

आर्थिक वर्ष: