FAQs Complain Problems

निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन तथा सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमको अभिमुखिकरण  कार्यक्रम सम्पन्न

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC) – नेपाल को आयोजना  र  लेकवेशी नगरपालिकाको निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई ज्ञापन तथा सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमको अभिमुखिकरण 
कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेलको अध्यक्षता  र  उप प्रमुख विमला खड्लुकको आतिथ्यतामा भएको कार्यक्रममा सामाजिक स्तरमा मानसिक स्वास्थ्य सम्बन्धि समस्याको अवस्था,
यसको पहिचान र उपचारका लागि गर्नु पर्ने तयारी का बारेमा छलफल भएको थियो ।  कार्यक्रममा प्रमुख पौडेलले  मानसिक स्वास्थ्य सम्बन्धि समस्या अन्य स्वास्थ्य समस्या जस्तो बाहिर आउन नसकेको तर 
समाजमा यसले गम्भीर रुप लिदै गएको  र यसको समाधानका लागी बजेट विनियोजन गर्दा  यसलाई मध्यनजर गरिने बताउनु भयो ।  
साथै, कार्यक्रममा मानसिक रोगको उपचार गराई समान्य  जिवन विताई रहनुभएका प्रतिनिधिहरु ले CMC  को सहयोगी भुमिकाका लागि आभार प्रकट समेत गर्नु भएको थियो ।

आर्थिक वर्ष: