Flash News
Revenue/ Foreign Aid
२०८१ फाल्गुण ११ गते लेकवेशी नगरपालिकामा अन्तरपालिका स्तरीय समन्वय बैठक सम्पन्न
२०८१ फाल्गुण ११ गते लेकवेशी नगरपालिकामा अन्तरपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
नगर प्रमुख श्री उमेश कुमार पौडेल ज्यूको अध्यक्षता, जिल्ला समन्वय समिति प्रमुख श्री गंगाराम सुनार ज्यूको प्रमुख आतिथ्यता, भेरीगंगा नगरपालिका नगर प्रमुख श्री यज्ञ प्रसाद ढकाल ज्यू, नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यू, र प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको विशेष आतिथ्यता , सुरक्षा निकाय प्रमुख र शाखा प्रमुखहरुको
उपस्थितिमा सम्पन्न कार्यक्रममा विपद ब्यवस्थापन, नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा ,रुग्ण ठेक्काहरु, राष्ट्रिय गौरवका
आयोजनाहरु, बेरुजु लगायतका विषयमा छलफल भएको छ ।