FAQs Complain Problems

१३३औं अन्तराष्ट्रिय नारी दिवस २०७९

२०७९ फाल्गुण २४ गते (March 8 ) का दिन लेकवेशी नगरपालिकाको प्राङ्गणमा ११३औं अन्तराष्ट्रिय महिला दिवस भब्यताका साथ सम्पन्न गरिएको छ । साताब्यापी मनाईने दिवसका अवसरमा अपाङ्गता पहिचान र उपचार शिविर, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान, अपाङ्गता भएका उद्यमीहरुलाई सम्मान गरि मनाईएको छ ।

दिवस नगरपालिका अन्तरगतका वडाहरुमा पनि सप्ताहभरी र्याली, खेलकुद लगायतका कार्यक्रम गरी मनाईरहिएकोमा आज देखि समापन गरिएको हो । नगर उप-प्रमुख श्री विमला खड्लुकको अध्यक्षता, नगर प्रमुख श्री उमेशकुमार पौडेलको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्रजङ्ग शाहीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा

अध्यक्ष खड्लुकले हाल पनि समाजमा नारी हरु विभेदको चपेटामा रहेको र त्यसलाई हटाउन नारीहरु खुलेर अगाडी आउनुपर्ने मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रमुख अतिथी पौडेलले हाल नेपालले समावेशीकरणको सिद्दान्तमा अगाडि बढेको भएता पनि आशातित समानताको अवस्था नदेखिएको र नारीहरुको समस्यालाई समाधान गर्ने प्रविधिमैत्रि नवीन खोजमा महिलाहरुलाई समेटिनुपर्ने अवको आवश्यकता रहेको औल्याउनु भयो ।

विशेष अतिथी शाहीले नारी दिवस केवल दिवसमा मात्र सिमित नराखि महिलाहरुलाई सक्रिय गराएर सीपमुलक र नवीनतम प्रविधिमा समेत नारीहरुको पहूँच पुर्याउनुपर्ने कुरा ब्यक्त गर्नु भयो ।

आर्थिक वर्ष: