FAQs Complain Problems

१११ औ नारी दिवस मनाइएको

मिति २०७७ फाल्गुण २४ मा पर्न गएको विश्व नारी दिवस लेकवेशी नगरपालिकामा पनि भब्यताका साथ मनाईएको छ । प्रत्येक वर्ष March 8 मा मनाईने नारी दिवस “महिलाको सुरक्षा, सम्मान र रोजगार: समृध्द नेपालको आधार” नारा साथ मनाइयो । कल्याण ०६, कल्पना चोकबाट सुरुभएको ¥याली स्याउले बजारमा गई जनचेतना मुलक नाचगान गरी नगर कार्यपालिकाको कार्यालयमा गई सभामा परिणत भएको थियो । सो अवसरमा बा गी ना सुर्खेतका कलाकारहरुले जनचेतनामुलक सडक नाटक प्रस्तुत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

नारी दिवसका अवसरमा सबैलाई शुभकामना दिदैं नगर प्रमुख गगन सिं सुनारले महिलाहरु पनि पुरुष जत्तिकै सक्षम भएकाले महिलालाई आरक्षण भन्दा पनि समान ब्यवहार र अवसरको आवश्यकता भएको भन्ने मन्तब्य राख्नु भएको थियो , सभाको विशेष अथिति नगर उप-प्रमुख श्री शान्ती कुमारी छन्तेलले अझै पनि समाजमा विभेद विद्यमान रहेको र सो विभेदका लागी महिला स्वयंले सकारात्मक ढंगबाट आवाज उठाउन जरुरी रहेको कुरा ब्यक्त गर्नु भयो ।

साथै सभाका सभाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले समानताका लागी नेतृत्व र प्रशासनबाट प्रयासका साथै महिलाहरुको सक्रिय सहभागीता नहुँदा सम्म विभेद पूर्णरुपमा अन्त्य नहुने भनाई राख्नुभएको थियो

आर्थिक वर्ष: