Flash News
Revenue/ Foreign Aid
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको बायोमेक्ट्रि रुजु (Biometric Verify) गर्ने सम्बन्धमा।
श्री वडा कार्यालय सबै
लेकवशी नगरपालिका,सुर्खेत।
प्रस्तुत विषयमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको च.नं. ९२ मिति २०८२।०९।१४ गतेको पत्रानुसार चालु आ.व.२०८२।०८३ मा लाभग्राहीहरुको बायोमेक्ट्रि रुजु (Biometric Verify) नगरी सामान्य तवरले नविकरण भएकोमा यस नगरपालिकामा हाल सम्म कुल ५५.३ प्रतिशत मात्र राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचयपत्र नम्बर (NIN) मार्फत रुजु (Verify) भएकाले बाँकि लाभग्राहीहरुको मिति २०८२।११।०१ गते देखि २०८२।११।१५ गते सम्म अनिवार्य रुपमा VEESP-MIS प्रणालीमा बायोमेक्ट्रि रुजु (Biometric Verify) गर्न गराउनुहुन अनुरोध छ।
बोधार्थः
श्री बायोमेक्ट्रि रुजु (Biometric Verify) नभएकाले लाभग्राहीहरु सबै। (सम्बन्धित वडा कार्यालयमा उपस्थित भई बायोमेक्ट्रि रुजु (Biometric Verify) गर्नहुन।
(नोटः औठाछाप मार्फत रुजु नएको खण्डमा नगरकार्यपालिका कार्यालयमा उपस्थित भई आँखाको नानी (IRIS) मार्फत बायोमेक्ट्रि रुजु (Biometric Verify) गर्नहुन।