FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि नयाँ नाम दर्ता तथा नविकरण गर्ने सम्बन्धि सूचना

 

सामाजिक सुरक्षा भत्ता प्राप्तीका लागि नयाँ नाम दर्ता तथा नविकरण गर्ने सम्बन्धि सार्वजनिक सूचना ।

सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक लगाएतका लक्षित समुहका नागरिकहरुलाइ यस नगरपालिका मार्फत प्रदान गरिदै आएको सामाजिक सुरक्षा भत्ता यस आ.व. २०८१ पुष महिना देखि पाउने सो सम्बन्धी कार्यविधिको शर्त पुरा गरेका यस क्षेत्र भित्रका योग्य नागरिकहरुले २ प्रति पासपोर्ट साईजको फोटो र नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि संलग्न गरि सम्बन्धित वडा कार्यालयहरुमा मिति २०८१ मंसिर २८ गते भित्र रित पुर्वक दरखास्त दिनु हुन सूचित गरिन्छ । हाल भत्ता पाईरहेका नागरिकहरुले समेत आगामी आ.व. मा भत्ता लिन चाहेमा नविकरणका लागी दरखास्त दिनु पर्नेछ यो सूचना बमोजिम दर्ता तथा नविकरणका लागि दरखास्त नदिने नागरिकहरुले २०८२ साउन देखी भत्ता पाप्त गर्न नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ । साथै यस क्षेत्र भित्रका नागरिकहरुले भत्ता पाउन योग्य तर कागजपत्र पुरा गर्न नसकेर भत्ता नपाएकाले थप जानकारी लागि सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको पत्रिकरण शाखामा सम्पर्क गर्नु हुन समेत अनुरोध छ । तपसिल :-

१. अन्य जेष्ठ नागरिक भत्ताका लागि २०८१ मंसिर २८ गते सम्ममा ६८ वर्ष उमेर पुगेको हुनु पर्नेछ ।

(दलित नागरिकहरुका लागि ६० बर्ष उमेर पुगेको हुनु पर्छ ।

२. एकल महिला भत्ताका लागि २०८१ मंसिर २८ गते सम्ममा ६० बर्ष उमेर पुगेको हुनु पर्नेछ ।

३. विधुवा महिलाको हकमा उमेरको हदवन्दी लागु हुने छैन ।

४. एकल विधुवाहरुले श्रीमानको मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि र नाता प्रमाण पत्रको प्रतिलिपि समेत पेश गर्नु पर्ने

छ ।

५. पुर्ण अशक्त तथा अति अशक्त भत्ताका लागि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाण पत्रको प्रतिलिपि र अपाङ्गता परिचय पत्रको प्रतिलिपि पेश गर्नु पर्ने छ ।

६. बाल संरक्षण अनुदानका लागि दलित परिवारका ५ वर्ष मुनिका बालबालिकाहरुको जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बालबालिका र अभिभावकको २, २ प्रति फोटो राख्नु पर्ने छ ।

आर्थिक वर्ष: