FAQs Complain Problems

सहकारी दर्ता

लाग्ने समय: 
३० दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत/ सहकारी शाखा प्रमुख
सेवा दिने कार्यालय: 
नगरपालिकाको कार्यालय, कल्याण
सेवा शुल्क: 
आर्थिक ऐनमा तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
  • निवेदन
  • प्रथम प्रारम्भिक भेलाको माइन्युट
  • द्धितीय प्रारम्भिक भेलाको माइन्युट
  • २ प्रति सहकारी विनियम (सबै नेपाली कागजमा), सदस्यहरूको दस्तखत गरेको
  • सम्भाव्यता अध्ययन प्रतिवेदन
  • व्यवसायिक कार्ययोजना
  • अधिकार प्रत्यायोजन पत्र
  • स्वघोषणाको पत्र
  • रकम बुझेको भरपाई
  • आवेदकको तीन पुस्ते विवरण
  • तदर्थ सञ्चालक समितिको सदस्यको विवरण
  • सम्बन्धित वडा कार्यालयको सिफारिस
  • नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी सहितको व्यक्तिगत विवरणको फाराम भर्नुपर्ने
प्रक्रिया: 
  • आवश्यक सबै कागजात साथ प्रमुख प्रशासकीय अधिकृतको तोक लगाई दर्ता शाखाबाट दर्ता गरी सहकारी शाखामा पेश गर्ने ।
  • सम्बन्धित शाखाबाट आवश्यक कागजात हेरी दरखास्त परेको ३० (तीस) दिन भित्र सहकारी दर्ता गरी अनुसूची-२ बमोजिमको ढाँचामा प्रमाणपत्र दिइने ।
  • (यदि विनियमको कुनै कुरा संशोधन गर्नुपर्ने भएमा निवेदकलाई १५ दिन भित्र सूचना दिइनेछ ।)