FAQs Complain Problems

सम्झौता सम्वन्धि सूचना

सूचना प्रकाशन मितिः २०७८/१२/०१

 

  लेकवेशी नगरपालिका कृषि विकास शाखाको आ.व. २०७८/०७९ को  वार्षिक स्वीकृत कार्यक्रम अनुसार मध्यम प्रविधियुक्त बहुउद्धेश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम रहेको हुँदा छनौटमा परेको साना किसान कृषि सहकारी संस्था लि. -लेकवेशी -ले यो सूचना प्रकाशन भएको मितिले ७ दिन अर्थात २०७८/१२/०७ गते भित्र यस कार्यालयमा आवश्यक कागजातहरु संलग्न राखि यस कार्यालयमा सम्झौताका लागि सवैमा जानकारी गराईन्छ।  

आवश्यक कगजातहरु:

  1. समूह/सहकारी/फर्म दर्ता/नविकरण/स्थायी लेखा नं./करचुक्ता प्रमाण पत्रको प्रतिलिपी।
  2. समूह/सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपी।
  3. नर्सरी स्थापना हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा जग्गा भाडामा लिएको भए कम्तीमा १० बर्षको करार सम्झौता पत्रको प्रतिलिपी।
  4. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी।
  5. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।

                                                           

आर्थिक वर्ष: