FAQs Complain Problems

Revenue/ Foreign Aid

व्यवसाय दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना!

विषयःव्यवसाय दर्ता गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।

 

नेपालको संविधानको अनुसूची-८, स्थानीय सरकार सञ्चालन ऐन, 2074 को दफा 58 तथा यस नगरपालिकाको व्यापार व्यवसाय दर्ता, नवीकरण, सञ्चालन र नियमन सम्बन्धी कार्यविधि, २०७९ को दफा ३ बमोजिम यस नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका कुनै पनि प्रकारको उद्योग, व्यापार, पेशा वा यस्तै अन्य प्रकृतिका व्यवसायिक करोबार गर्ने व्यक्ति, फर्म वा कम्पनीले यस नगरपालिकामा अनिवार्य दर्ता गर्नुपर्ने कानूनी व्यवस्था रहेकाले यो सूचना प्रकाशन भएको मितिले ३५ (पैतिस) दिन भित्र देहायका विवरण तथा कागजात सहित यस नगरपालिकाको कार्यालयमा निवेदन दिनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ।

देहायः

  1. व्यवसायीको नेपाली नागरिकताको प्रमाण-पत्र।
  2. वडा कार्यालयको सिफारिस। (आवश्यता अनुसार स्थलगत सर्जिमिन मुचुल्का)
  3. प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट व्यवसाय दर्ता र इजाजत प्राप्त गरेको प्रमाण-पत्रको प्रतिलिपि।
  4. व्यवसाथ सञ्चालनमा रहेको अवधि खुल्ने कागजातहरु (घर भाडा सम्झौतापत्र, पानी/विजुली तिरेको रसिद, कर कार्यकालयमा कर बुझएको रसिद/कर-चुक्ता )
  5. सञ्चालकको २ (दुई) प्रति पासपोर्ट साईजको फोटो।(साझेदारीमा सञ्चालन भएको हकमा सम्बन्धित सञ्चालकहरुको २/२ प्रति पासपोर्ट साईजको फोटो)

 

थप जानकारीका लागि सम्पर्कः ९८५८०८६०६०

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: