FAQs Complain Problems

विद्यालय सञ्चालन/ कक्षा स्वीकृती/ वृद्धि सिफारिस

लाग्ने समय: 
७ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
सामुदायिक विद्यालयको हकमा निःशुल्क, संस्थागत विद्यालयको हकमा आधारभूत तहको रू.१००००/-, मा.वि. तहको रू.१५०००/- र उच्च मावि तहको रू.२००००/-
आवश्यक कागजातहरु: 
  • विद्यालय कक्षा वृद्धिका लागि निवेदन
  • विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी (कक्षा वृद्धिको हकमा)
  • चालु आ.व.को नविकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
  • सरकारी बाहेकका विद्यालयको हकमा चालु आ.व. सम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको अन्य कागजात
  • विद्यालय व्यवस्थापन समितिको प्रमाणित निर्णय प्रतिलिपी
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद, निरीक्षण प्रतिवेदन
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको प्राविधिक कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने