FAQs Complain Problems

विद्यालय ठाउँसारी सिफारिस

लाग्ने समय: 
७ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
सामुदायिक विद्यालयको हकमा निःशुल्क, संस्थागत विद्यालयको हकमा आधारभूत तहको रू.५०००/- र मा.वि. तहको रू.१००००/-
आवश्यक कागजातहरु: 
  • विद्यालय ठाउँसारिको लागि निवेदन
  • विद्यालय दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • स्थानीय तहको नामको नवीकरण सहितको व्यवसाय दर्ता प्रमाणपत्र
  • विद्यालय व्यवस्थापन समिति र अभिभावक भेलाको निर्णयको प्रमाणित प्रतिलिपी
  • (सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यमा) चालु आ.व. सम्मको सरि जाने ठाउँ र हालको ठाउँ दुवैको मालपोत वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण भएको अन्य कागजात
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपी र बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्न बुझाउनु पर्ने
  • निरीक्षण प्रतिवेदन
  • सरी जाने ठाउँको वडा कार्यालयको सिफारिस पत्र
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरू पेश गर्ने
  • वडा अध्यक्ष/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • निवेदकलाई सिफारिस उपलब्ध गराउने