FAQs Complain Problems

विगतका आयोग,समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०७८ बमोजिम नापजाँच शुभारम्भ कार्यक्रम सम्पन्न

मिति २०८० जेष्ठ १२ गते लेकवेशी नगरपालिकाको आयोजना र राष्ट्रिय भुमी आयोग जिल्ला कार्य समिति सुर्खेतको सहजिकरणमा नगरपालिकाको विगतका आयोग,समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने कार्यविधि २०७८ बमोजिम नापजाँच शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।   वडा स्तरिय सहजीकरण समिति संयोजक श्री प्रतिमान बाँकावलको अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेलको विशेष आतिथ्यता,
प्रमुख प्रशासकीय अधिकृत श्री पदमलाल लामिछाने र  राष्ट्रिय भुमी आयोग जिल्ला कार्य समिति सुर्खेतका प्रतिनिधिहरुको आतिथ्यतामा शुभारभ्म कार्यक्रम सम्पन्न भएको छ ।    कार्यक्रममा नगर कार्यपालिका सदस्य ज्यूहरु, राजनितीक दलका प्रतिनिधिहरु, कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा  नापजाँचका क्रममा आउन सक्ने  सम्भावित समस्याहरु  र  समाधानका उपायहरुका बारेमा छलफल समेत भएको थियो ।
 

आर्थिक वर्ष: