Flash News
Revenue/ Foreign Aid
लैङ्गिक हिंसा विरुद्धको अभियान २०८१
नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख १६ दिन सम्म सामाजिक सचेतना सहित लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गर्न संघ, प्रदेश तथा स्थानीय सरकार लगायत सरोकारवाला निकायहरु सबैले प्रत्येक वर्ष नोभेम्बर २५ तारिखलाई महिला लैङ्गिक हिंसा विरुद्धको अभियान दिवसको रुपमा मनाउने सन्दर्भमा यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने सचेतनामूलक कार्यक्रम लेकवेशी नगरपालिकामा विभिन्न अभियानमूलक कार्यक्रमहरु गरेर मनाईंदै छ । सो सन्दर्भमा ,आज २०८१ मंसिर २४ का दिन लेकवेशी नगरपालिकामा नगर उप-प्रमुख श्री विमला खड्लुक ज्यूको अध्यक्षता, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री पहलमान अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा
अभिमुखीकरण बैठक गरिएको छ, कार्यक्रममा कानूनी अधिवक्ता श्री मोतीराम शर्माले लैङ्गिक हिंसा, स्वरुप र कानूनी उपचारका बारेमा प्रशिक्षण समेत दिनुभएको छ । पालिकाका महिला, अल्पसंख्यकहरुको उपस्थितिमा भएको कार्यक्रममा हाल पनि समाजमा लैङ्गिक हिंसाहरु विभिन्न स्वरुपमा विद्यमान रहेको र यस समस्याको निराकरणका लागि सरोकारवाला सबै हातेमालो गरि अघि बढ्नुपर्ने कुरामा जोड दिईएको छ । नगर महिला,वालबालिका तथा जेष्ठ नागरिक शाखाको समन्वयमा वडाहरु र पालिकामा विभिन्न कार्यक्रमहरु गरी December 10 सम्म कार्यक्रमहरु संचालन हुने छन् ।