FAQs Complain Problems

लैंङ्गिक हिंसा विरुध्दको १६ दिने अभियान २०७९

लैंङ्गिक हिंसा विरुध्दको १६ दिने अभियान आज २०७९ मंसिर २४ गते नगरपालिकाको प्राङ्गणमा सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुखले मंसिर २१ मा सम्पन्न वक्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । साथै, प्रमुख प्रशासकीय अधिकृत शाहीले अपाङ्गता भएका ब्यक्तीलाई बैशाखी हस्तान्तरण गर्नु भयो । कार्यक्रममा नगर उप प्रमुख खड्लुकले स्तनपान कक्षको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पूर्व नगर उप प्रमुख छन्तेललाई पदवहाल रहँदाको दौरान महिला सशक्तीकरणका लागि गरेको योगदानका लागि सम्मानपत्र समेत हस्तान्तरण गरिएको छ ।