FAQs Complain Problems

लैंङ्गिक हिंसा विरुध्दको १६ दिने अभियान आज २०७९ मंसिर २४ गते सम्पन्न

लैंङ्गिक हिंसा विरुध्दको १६ दिने अभियान आज २०७९ मंसिर २३ गते नगरपालिकाको प्राङ्गणमा जन प्रतिनिधि, स्थानीय, संघ संस्थाका प्रतिनिधि
र कर्मचारीहरुको उपस्थिति मा भएको कार्यक्रम नगर उप-प्रमुख श्री विमला खड्लुकको अध्यक्षता, पूर्व नगर-उप प्रमुख श्री शान्ती कुमारी छन्तेल को विशेष 
आतिथ्यता र नगर प्रमुख श्री उमेश कुमार पौडेल, प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्रजङ्ग शाही, र वडा अध्यक्ष ज्यूहरुको आतिथ्यतमा सम्पन्न कार्यक्रममा
नगर प्रमुखले मंसिर २१ मा सम्पन्न वक्तृत्वकलाका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नु भएको थियो । साथे, प्रमुख प्रशासकीय अधिकृत शाहीले अपाङ्गता 
भएका ब्यक्तीलाई बैशाखी हस्तान्तरण गर्नु  भयो । कार्यक्रममा नगर उप प्रमुख खड्लुकले स्तनपान कक्षको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा पूर्व नगर उप प्रमुख
छन्तेललाई पदवहाल रहँदाको दौरान महिला सशक्तीकरणका  लागि गरेको योगदानका लागि सम्मानपत्र समेत हस्तान्तरण गरिएको छ ।

आर्थिक वर्ष: