FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आ.व २०८०/०८१ को वार्षिक समिक्षा सम्पन्न

लेकवेशी नगरपालिका नगर स्वास्थ्य शाखाको आ.व २०८०/०८१ को वार्षिक समिक्षा २०८१ भाद्र १४ गते लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।  नगर प्रमुख श्री उमेश कुमार पौडेलज्यूको प्रमुख आतिथ्यता, उप-प्रमुख  श्री विमला खड्लुक ज्यूको विशेष आतिथ्यत र  प्रमुख प्रशासकीय अधिकृत श्री बखत बहादुर खड्का ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।  २०८१ भाद्र १३ गते सुरु भएको कार्यक्रममा नगरपालिका मा स्वास्थ्य सेवाको पहुँचको अवस्थालाई HMIS प्रणालीबाट प्राप्त प्रतिवेदनका आधारमा समिक्षा गरि भएका कमजोर पक्षहरुलाई थप सुधृढिकरणका लागि समेत छलफल भएको छ ।  गत आ.वमा  भएको सेवा प्रवाहको मुल्यांकनका आधारमा प्राथमिक स्वास्थ्यकेन्द्र दशरथपुर लाई विशेष सम्मान, स्वास्थ्यचौकी लेखफर्सा लाई प्रथम स्थान, स्वास्थ्यचौकी कल्याण लाई द्वीतीय स्थान, र बाँकी स्वास्थ्यचौकी, सामुदियक स्वास्थ्य ईकाई हरुलाई सान्तवना स्थान  प्राप्त गरि सम्मानित भएका छन् ।

आर्थिक वर्ष: