FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तेस्रो संविधान दिवस मनाउने कार्यक्रम अन्तर्गतको तेस्रो तथा अन्तिम दिन असोज ४ गते लेकवेशी नगरपालिकाले नगर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरियो । नगर प्रमुख गनग सिं सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख शान्ती कुमारी छन्तेल, नि. प्रमुख प्रशासकीय अधिकृत पहलमान अधिकारी, लेकवेशी नगरपालिकाका शिक्षक महासंघका अध्यक्ष तेज प्रसाद पंगाली, स्रोत व्यक्ति, प्रध्यानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थिहरुको उपस्थिति रहेको थियो । नगरका ८ (आठ) वटा मा.वि. हरुको सहभागिता रहेको उक्त कार्यक्रममा श्री आदर्श मा.वि. लेखफर्सा प्रथम, श्री जीवन ज्योती मा.वि. दशरथपुर द्धितीय, श्री सरस्वती मा.वि. कल्याणले तृतीय स्थान प्राप्त गरेका छन ।  

आर्थिक वर्ष: