FAQs Complain Problems

लेकवेशी नगरपालिकामा स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना निर्माणका लागी सरोकारवालाहरु संग सम्वाद कार्यक्रम सम्पन्न

VSO, आयोन, प्रयास र ACORAB परियोजनाको संयुक्त आयोजनामा लेकवेशी नगरपालिकामा स्थानिय विपद तथा जलवायु उत्थानशिल योजना निर्माणका लागी सरोकारवालाहरु संग सम्वाद कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा मिति २०७८ माघ २५ र २६ गते संचालन भएको  उक्त कार्यक्रममा जन प्रतिनिधि, कर्मचारी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विपद ब्यवस्थापनमा स्थानीय तहको भुमिका, पालिकाको संकटासन्नताका बारेमा छलफल तथा क्षमता विश्लेषण र  ऐतिहासिक समय रेखामा आधारित भई विभिन्न समुदायका जोखिम स्तर निर्धारण गरि स्थानिय विपद तथा जलवायु उत्थानशिल योजनाको खाका तयार गर्ने कार्य समेत सुरु गरिएको छ ।

आर्थिक वर्ष: