FAQs Complain Problems

लेकवेशी नगरपालिकामा सार्वजनिक सेवाको गुणस्तरियताका लागी सार्वजनिक सुनुवाई सम्पन्न

मिति २०७७ चैत्र २३ गते लेकवेशी नगरपालिकामा सार्वजनिक सेवाको गुणस्तरियताका लागी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । लेकवेशी नगरपालिका, इन्सेक नेपाल, स्याक नेपाल, सुन्दर नेपाल सुर्खेत को आयोजना र गै स स महासंघ, लेकवेशी सुर्खेत , पिपुल्स एक्सेस नेपाल , सुर्खेत, मानव अधिकार तथा ग्रामिण विकास केन्द्र र स्थानिय क्लबहरुको सहजिकरणमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका सर्वसाधारण, शिक्षक तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा सेवा प्रवाह, योजना तर्जुमा तथा कार्यान्वयनका बारेमा प्रश्न राखिएकोमा सम्बन्धित शाखा प्रमुखहरुले ,प्रमुख प्रशासकीय अधिकृत र प्रमुख बक्ता नगर प्रमुख गगन सिं सुनारले जिज्ञासा समाधान गर्ने प्रयास गर्नु भएको थियो ।

आर्थिक वर्ष: