FAQs Complain Problems

लेकवेशी नगरपालिकामा लैंङ्गिक हिंसा विरुद्धको अभियान सुरु

मिति २०७९ मंसिर ०९ गते देखि लेकवेशी नगरपालिकामा लैंङ्गिक हिंसा विरुद्धको अभियान  अन्तराष्ट्रिय नारा : ' Unite: Activism to end violence against women & Girls', र राष्ट्रिय नारा 'सभ्य समाजको पहिचान : लैङ्गिक हिंसा विरुध्दको अभियान'  सहित सुरु भएको छ ।  नगर उप-प्रमुख श्री विमला खड्लुकको
अध्यक्षता, नगर प्रमुख श्री उमेश कुमार पौडेलको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्रजङ्ग शाहीको आतिथ्यतामा सम्पन्न १६ दिने 
अभियानको उद्घाटन कार्यक्रममा नगर प्रमुख पौडेलले नगरपालिकाले लैङ्गिक हिंसा सम्बन्धि घटना न्यूनीकरणका लागि पालिकाका अन्य कार्यक्रममा
समेत यस विषयलाई सङ्गै जोडेर समाधान गर्ने दीर्घकालिन सोच समेत रहेको मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रमका अतिथि श्री महेन्द्रजङ्ग शाहीले लैङ्गिक हिंसा
न्यूनीकरण मात्र नभई लैंङ्गिक समतालाई पनि नगरपालिकाका योजना कार्यान्वयनमा लागु गर्नु पर्ने आवश्यकता रहेको मन्तब्य ब्यक्त गर्नु भयो ।
कार्यक्रमका अध्यक्ष खड्लुकले हालको अवस्थामा  समाजमा लैङ्गिक हिंसाका घटनाले नयाँ रुप र प्रकृति लिदैं गएको  र महिला/पुरुष  जुनै पनि लिङ्गका 
मानिस हिंसामा परिरहेको अवस्थामा यसको दिर्घकालिन समाधानका लागि पहलको प्रयास गरिने  समेत जानकारी गराउनु भयो । 

कार्यक्रममा १६ दिने अभियानमा संचालन गरिने कार्यक्रम र स्थान हरुकमा बारेमा समेत छलफल भएको  थियो ।

आर्थिक वर्ष: