FAQs Complain Problems

लेकवेशी नगरपालिकाको ८औ नगरसभा सुरु

लेकवेशी नगरपालिकाको ८ औ  नगरसभा आज मिति २०७७/११/१९ गते देखी नगर प्रमुख गगन सिं सुनारको अध्यक्षतामा सुरु भएको छ.  आजको बैठकमा सभाध्यक्षले हाल सम्म भएका कार्यहरुको समिक्षा गर्नुभएको थियो,

योजना कार्यान्वयन तीव्र गति मा अगाडि बढेको र सबै सभासद् ज्यूहरूले आ-आफ्नो कार्यक्षेत्रमा भएका योजनाहरूमा अनुगमन गरी नगर कार्यपालिकाको कार्यालयमा सुझाव तथा सल्लाह उपलब्ध गराइदिनहुन ,COVID-19 विरुद्दको खोप कार्यक्रम लाई   सफल बनाउन , साथै भूमीहिन दलित  र अब्यवस्थित बसोबासीहरुको लगत संकलन कार्यकमा सक्रिय सहभागिताको लागी सम्पूर्ण कर्मचारी तथा जन प्रतिनिधिहरुलाई अपिल गर्नु भएको थियो ।

साथै, नगरपालिकाको आन्तरिक श्रोत वृद्धि गर्न नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा बिक्री वितरणको कार्य टेण्डर प्रक्रिया भन्दा अगाडी IEE स्वीकृत गरी अमानत प्रक्रियाबाट सम्बन्धित वडाहरूलाई जिम्मेवारी दिई योजनाको कार्य अगाडी बढाइएको र राते खोलाको टेण्डर प्रक्रियाबाट सम्झौता गरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको छ र चिङ्गाड खोलाको नदीजन्य पदार्थको निकासीका लागि मापदण्ड अनुसार टेण्डर प्रक्रिया अनुसार सम्झौताको कार्य अगाडी बढाइएको जानकारी गराउनु भयो ।

 

 

आर्थिक वर्ष: