FAQs Complain Problems

Revenue/ Foreign Aid

लेकवेशी नगरपालिकाको १५ ‍औं नगरसभा समापन

लेकवेशी नगरपालिकाको १५ ‍औं नगरसभा अधिवेशनको तेस्रो बैठक २०८१  आषाढ ३० गते लेकवेशी नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।  नगर प्रुमख उमेशकुमार पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न बैठकले आ.व. ०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रमलाई पारित, आ.व. ०८०/०८१ को योजना अनुगमन तथा सुपरिवेक्षणको प्रतिवेदन अनुमोदन, आ.व. 080/081 को न्यायिक समितिको प्रतिवेदनलाई अनुमोदन, आ.व. ०७९/०८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन संक्षिप्त रूपमा प्रस्तुत तथा छलफल र बेरूजु नियमित गर्न प्रस्ताव पेश र पारित, अर्थ तथा सार्वजनिक लेखा समिति (गठन तथा सञ्चालन) कार्यविधि, २०८१ स्वीकृत गर्नुका साथै, लेकवेशी नगरपालिकाको आर्थिक विधेयक, २०८१ र लेकवेशी नगरपालिकाको विनियोजन विधेयक, २०८१ पारित गरेको छ ।

 

 

आर्थिक वर्ष: