FAQs Complain Problems

लेकवेशी नगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण सम्पन्न

लेकवेशी नगरपालिकाको आ.व २०७९/८० को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई र  सामाजिक परिक्षण लेकवेशी नगरपालिकाको आयोजना र  सक्रिय परामर्श सेवा प्रा.लि को सहजीरणमा  मिति २०८० बैशाख ०३ गते साना किसान सहकारी लि. को भवनमा सम्पन्न भएको छ । नगर प्रमुख उमेश कुमार पौडेलको अध्यक्षता, नगर-उप प्रमुख विमला खड्लुकको विशेष आतिथ्यता र  प्रमुख प्रशासकीय अधिकृत श्री महेन्द्रजङ्ग शाहीको आतिथ्यतामा सम्पन्न  कार्यक्रममा वडा नं ७,८,९ र १० का जन प्रतिनिधि , उपभोक्ता समिति प्रतिनिधि, ब्यावसायिक कृषकहरु  र  सरोकारवालाहरुको समेतको उपस्थिति  रहेको  थियो ।  कार्यक्रममा योजना सम्झौता,भुक्तानी,कृषि,शिक्षा लगायतका विषयमा प्रश्न राख्नु भएको  थियो भने शाखा प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृत,नगर प्रमुख र उप-प्रमुखले जिज्ञाशा र गुनासोलाई सम्बोधन गर्नु भएको थियो । 

आर्थिक वर्ष: