FAQs Complain Problems

युवा तथा बालवालिकाहरुका लगी ICT सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

लेकवेशी  नगरपालिका क्षेत्रमा रहेका युवायुवतीहरुका लागि एक दिने साझा सभा एप र सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दर नेपाल संस्था अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सूचना प्रविधिका औजारहरुको प्रयोग गरेर सार्वजनिक महत्वका विषयहरूमा वकालत गर्न मद्दत पुर्याउने र आÏनो गाँउ ठाँउका समस्याहरु सम्बन्धि निकायमा सुनाउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

 

कार्यक्रममा लेकवेशी नगरपालिका वाड न १ देखि १० सम्मका युवा क्लब , बाल क्लब लेकवेशी रेडियो श्रोता समूह, श्रीजनशिल शाखा   कल्याण  स्थानीय सभा , विभिन्न सहकारी र  महिला सञ्जाल र अन्तरपाटि महिला सञ्जालका  प्रतिनिधिहरुको सहभागिता थियो ।पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले  सुचना सम्बन्धि आई सि टि का औजारहरु, साझा सभा एप  रेडियो स्रोता समुह किन, पैरवी , पैरवी चक्र जस्ता औजारहरु किन आवश्यक पर्दछ भन्ने बारेमा समेत जानकारी गराउनु भएको थियो । पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले पालिकाले प्रदान गर्ने सेवाहरुको बारेमा नागरिकलाई नागरिकमैत्री बनाउँदै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले आम नागरिकका तर्फबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो । कार्यक्रममा नगरपालिकाभरका ३५ जनाको सहभागिता रहेको थियो ।

आर्थिक वर्ष: