Flash News
Revenue/ Foreign Aid
मेलमिलापकर्ताहरुले सुचिकृत हुने सम्बन्धि सूचना ।
नगरकार्यपालिकाको १२१ औं बैठकले लेकवेशी नगरपालिका अन्तरगतको न्याय सम्पादनमा सहजीकरण गर्न मेलमिलापकर्ता हरुको सूचिकरण गर्नको लागि ७ दिने सूचना जारी गर्ने भनि भएको निर्णयानुसार यो सूचना सबैको जानकारीका लागी प्रकाशित गरिएको छ । मिति २०७८/०९/१४ देखी २०७८/०९/२० गते सम्म नगर कार्यपालिकाको कार्यालय अन्तरगतको न्यायिक शाखामा तपशिल बमोजिमका आवश्यक कागजात सहित सूचि दर्ताका लागि आवेदन गर्नुहुन ईच्छुक नगरबासीहरुमा जानकारी गराईन्छ ।
आवश्यक कागजातहरु :
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी
२. शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
३. मेलमिलापकर्ताको तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपी
४. मेलमिलाप सम्बन्धि अनुभव र ब्यक्तीगत विवरण
५. पासपोर्ट साईजको फोटो २ प्रति
नोट: आवश्यक जानकारीका लागी ईन्द्रबहादुर शाही ९८४८३०२२७६