FAQs Complain Problems

Flash News

Revenue/ Foreign Aid

नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री वितरणका लागि प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन प्रतिवेदन तयारी सम्बन्धि सार्वजनिक सूचना

 

प्रस्तावको नाम - लेकवेशी नगरपालिका क्षेत्र भित्र बग्ने गमखोला, रातेखोला र भेरीनदी क्षेत्रको विभिन्न घाटबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को दिगोरुपमा उत्खनन् तथा संकलन कार्य गर्नको लागि प्रारम्भिक वातावरणीय परीक्षणको प्रयोजनको लागि

प्रभाव पार्ने क्षेत्रका वडाहरु - वडा नं. १, २, ३, ४ र ६

प्रस्तावको व्यहोरा - लेकवेशी नगरपालिका क्षेत्राधिकारमा रहेको गमखोला, रातेखोला र भेरीनदी क्षेत्रको विभिन्न घाटबाट नदीजन्य पदार्थको उत्खनन्, संकलन र विक्री वितरण गर्नको लागि "प्रारम्भिक वातावरणीय परीक्षण" को कार्यसूची (Terms of reference) नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि, २०७७ को दफा ४ को उपदफा (४) बमोजिम कार्यसूची स्वीकृत भएको छ । वातावरण संरक्षण ऐन, २०७६ र नियमावली २०७७ तथा स्थानीय सरकार संचालन ऐन, २०७४, नियम तथा मन्त्रालयका निर्देशनको अधिनमा रहि लेकवेशी नगरपालिकाको श्रोत संरक्षण ऐन, २०७७ र संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि २०७७ को मातहतमा रहेर संकलन तथा विक्री वितरण समेत गर्नको लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार गर्ने क्रममा सम्बन्धित क्षेत्रसँग सम्बन्धित सवालहरुको बारेमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रका व्यक्ति वा संस्थाको जैविक, भौतिक, आर्थिक, सामाजिक एवं वातावरणका पक्षमा पर्न सक्ने प्रभाव सम्बन्धि राय सुझाव लिनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको छ । माथिको प्रस्ताव कार्यान्वयनबाट प्रभाव पर्न सक्ने माथि उल्लेखित नदी खोला क्षेत्रहरुका वडाका विद्यालय, स्वास्थ्य संस्थाहरु, सरोकारवाला संघसंस्था र व्यक्तिहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र निम्न ठेगानामा आईपुग्ने गरि लिखित राय सुझाव उपलब्ध गराईदिन हुन अनुरोध छ ।

प्रस्तावक :- लेकवेशी नगरपालिका नगर कार्यपालिकाको कार्यालय कल्याण, सुर्खेत ।

फो नं. : - ९८५८०७४६६६, ९८४१९६९९१४

Email Address :- ito.lekbeshimun@gmail.com वेभसाईट :- www.lekbeshimun.gov.np

आर्थिक वर्ष: