FAQs Complain Problems

नगरपालिकाको संक्षिप्त परिचय

नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णयानुसार साविकका ५ वटा गाविसहरु लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी लाई एक आपसमा गाभेर मिलाइ १० वटा वडामा विभाजन गरी यो लेकवेशी नगरपालिकाको संरचना तयार पारिएको हो । कुल १८०.९२ बर्ग कि.मी. क्षेत्रफमा फैलिएको यो नगरपालीका सुर्खेतका ९ वटा स्थानीय तहहरु मध्य क्षेत्रफलका हिसाबले दोस्रो सानो नगरपालीका एंवम तेस्रो सानो स्थानिय तह मा पर्दछ ।
प्रस्तावित ६ नं प्रदेश को प्रादेशिक राजधानी वीरेन्द्रनगरको पुर्वी सिामाना संगै सिमाना जोडिएको यो नगरपालिका भेरी नदीको किनारमा अवस्थित दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणिय वातावरणमा रहेको सुन्दर नगरपालिकामा थोरै साधन र स्रोतको लगानीवाट नगरपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा बिकास हुन सक्ने सम्भावना रहेको छ । भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले बिकासोन्मुख अवस्थामाम यो नगरपालीका रहेको छ ।  
२०६८ सालको जनगणना अनुसार कुल ३० हजार २ सय ९५ जनसंख्या रहेको यो  नगरपालीका भित्र बिभिन्न जातजातीहरुको बसोबास रहेको छ । कुल जमिनको ५४ प्रतिशत भुभाग बनजंगलले ढाकेको यस नगरपालीका भित्र प्रशस्त खोलानाला तथा भेरी नदी रहेको छ ।  

लेकवेशी नगरपालिकाको ऐतिहाँसिक पृष्ठभूमी
सुखेर्त  जिल्लाको सदरमुकाम वीरेन्द्रनगर देखि पुर्वी क्षेत्रमा संगै सिमाना जोडिएको लेकवेशी नगरपालिका  साविकका ५ वटा गाविसहरु (लेखफर्सा, दशरथपुर। नेटा, कल्याण र साटाखानी एकआपसमा गाभिएर मिति २०७३ फाल्गुण २७ गतेदेखि लेकवेशी नगरपालिका बनेको हो । यस नगरपालिकको २०ठड सालको राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३१ हजार ७ सय १० जना रहेकोर क्षेत्रफल करिब १८०.९२ वर्ग कि मि  रहेको छ । यस क्षेत्रमा पर्यटन, कृषि पशुपालनको उच्च सम्भावना रहेको छ । जातिय रुपमा मिश्रित बसोबास रहेको यस नगरपालिकामा जनजातीहरुको बाहुलयता रहेको छ । विशेष गरि ब्राहमण, क्षेत्री, मगर, दलितहरुको उच्च बसोबास रहेको देखिन्छ । यस क्षेत्रका समुदायले नेपाली भाषालाई मातृभाषाको रुपमा प्रयोग गरेको पाईन्छ । यस क्षत्रमा खेतीयोग्य े जमिनका अतिरिक्त केहि भु–भाग भिरालो जमिनले बनेको हुदाँ यस क्षेत्रका मानिसहरु जिविकोपार्जनका लागि कृषिका अतिरिक्त ज्यालामजदुरी कामगर्नका लागि भारत लगायत अन्य देशहरुमा जानेगरेको देखिन्छ ।

मुख्य गरि वनजंगल, वनपैदावार र कृषि उत्पादनलाई मुख्य आम्दानीको स्रोत मानिने यस नगरपालिकाको बाबियाचौर बजारलाई मुख्य व्यापारीक केन्द्र बनाई प्राकृतिक, नदिजन्य उत्पादन र तरकारी निर्यातका लागि प्रसिद्ध मानिदै आएको छ ।
 
नगरपालिका वडा नं. ८ मा रहेको भोटेको दरबाराट सुर्खेत जिल्ला सहित आसपासका अन्य जिल्लाहरुको केहि भुभागहरु दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रमा बिभिन्न महत्व बोकेका धार्मिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेका खाँडदेवि मन्दिर, देवीडाँडा मन्दिर र भेरी नदी जस्ता अन्य दर्जनौ सम्पदाहरु रहेका छन ् । साविककका ५ वटा गाविसहका ४५ वटा वडाहरु लाई पुनसंरचना गरी यस नगरपालिकामा १० वटा वडाहरु बनेको छन् ।  
सविकको कल्याण गाविस तथा हालको वडा नं. छ सबै वडाहरुको लागि भौगोलिक रुपमा बिच केन्द्र पर्न भएकोले नगरपालिकाको मुख्य केन्द्र वडा नं. ६ कल्याणमा स्थापना गरिएको छ । राज्यको बिकेन्द्रीकृत शाशनप्रणली तथा स्थानिय जनचाहना र आवश्यकताको सम्बोधन गर्ने हेतले यस नगरपालिकाले सरकारी निकायका बिभिन्न बिषयगत कार्यालयहरु र गैरसरकारी संघ÷संस्थाहरूसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

 नगरपालिकाको नामाकरण
नेपाल सरकारको वि.सं.२०७३ फागुन २७ गतेको निर्णय अनुसार साविकका ५ वटा गाविसहरु लेखफर्सा, दशरथपुर, नेटा, कल्याण र साटाखानी लाई एक आपसमा गाभेर १० वटा वडामा विभाजन गरी यो लेकवेशी नगरपालिकाको संरचना तयार पारिएको हो । नगरपालीका गठन हुनु पुर्व साविकका ५ वटा गाविसहरु मिलाएर एउटा स्थानिय तह बनाउने निक्र्यौल भइसकेपछि यसको वडागत सिमाङ्कन र नामाङ्कनका बिषयमा स्थानिय स्तरमा यस क्षेत्रका राजनितिक दल, बुद्धिजिवी, शिक्षक, समाजसेवी,जेष्ठनागरिक आदीका बिचमा ब्यापक छलफद तथा बहसहरु भए । सिमाङ्कनका बिषयमा सरकारले जनसंख्या र भुगोलको मापदण्ड तोकिएकोले सोहि बमोजिम नै वडा संख्या र तिनको सिमा निर्धारण गरियो । त्यसपछि यस नगरपालिको नामाकरण सम्बन्धमा यस क्षेत्रका विज्ञ तथा स्थानीयवासीहरूको भेलामा सबैले आ–आफ्नो राय सल्लाह तथा सुझावहरु पेश गरेका थिए । कसैले सिद्देढुङ्गा कसैले कल्याणपुर त कसैले दशरथपुर जस्ता बिभिन्न नामहरु प्रस्ताव गरे । यस क्षेत्रका माओबादी केन्द्रका नेता खड्ग घर्तिले यस नगरपालीकको लेक तथा चुचुराहरुको क्षेत्र साविकको लेखफर्सा, नेटा तथा साटाखानी र धान र गहँु उत्पादन हुने बेशी क्षेत्र लेखफर्साकै दक्षिण भेग, दशरथपुर, कल्याण र साटाखानीको दक्षिण भेग सबै क्षेत्रको भौगोलिक अस्थित्व कायम हुने खालको लेकवेशी नाम प्रस्ताव गर्नुभयो । लामो छलफल ताथ बिश्लेषण पछि नगरपालिकाको लेक र वेशी सबै भुभागको सम्बोधन हुने लेकवेशी नाम नै उपयुक्त नाम देखएकोले सबै पक्षबाट लेकवेशी नाम परित गरियो र यस नगरपालिकाको नाम लेकवेशी रहन पुग्यो ।

https://censusnepal.cbs.gov.np/results/np/population?province=6&district...

नगरपालिकाको संक्षिप्त परिचय

नगरपालिकाको नाम : लेकवेशी नगरपालिका

जिल्ला : सुर्खेत

सीमाना:

      पुर्वमा : गुर्भाकोट नगरपालिका

पश्चिममा : वीरेन्द्रनगर नगरपालिका

उत्तरमा : चिङ्गाड गाउँपालिका

दक्षिणमा : भेरी नदी  र भेरीगंगा नगरपालिका

जनसंख्या

कुल जनसंख्या:३१,७१० 

शैक्षिक अवस्था 
क्याम्पस : छैन 
मा वि : १० वटा 
नि मा वि : ७ वटा 
प्रावि : २३ वटा 

अन्य:
अस्पताल : छैन 
अस्थाइ प्रहरी चौकी :
स्वास्थ्य चौकी : ५ वटा
पशु सेवा केन्द्र : १ वटा
प्रमुख नदीहरु :-चिंगाड खोला,गमखोला,झुप्रा खोला,गंगटे खोला,कोल खोला, खहरे खोला, राते खोला
वनजंगलले ढाकेको क्षेत्र :- ५४ प्रतिशत
धार्मिक स्थल :- खाँडदेवी, शिवालय,ऋषी गुफा,दुर्गा मन्दीर, देउती वज्यै मन्दीर
प्रमुख पर्वहरु :- घोडे नाच पर्व, लहरे नाच पर्व दशै, तिहार, पैसेरी नाच
भौगोलिक अवस्था :- समुन्दी सतहवाट ५०० मीटर देखि १७०० मिटर सम्म
तापक्रम :- अधिकतम ४२ डिग्री देखि ० डिग्री सेल्सीयस सम्म
प्रमुख वालीहरु :- धान गहु मकै र हराभरा आँप र लिचिका वगैचा

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.