FAQs Complain Problems

तरकारी बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन लागि प्रस्ताव आव्हानको सूचना।

 (प्रथम पटक सूचना प्रकाशित मिति: २०७८/०९/१३ गते)

 

 लेकवेशी नगरपालिका कृषि विकास शाखाको आ.व. २०७८/०७९ को  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्वीकृत कार्यक्रम अनुसार तरकारी बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालनका लागि तपशिल बमोजिमको पकेट संचालनको लागि न्युनतम आधार पुगेका इच्छुक कृषक समुह/ कृषि सहकारी/ निजी फर्महरुले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयमा तोकिएको ढाँचा अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

पकेट विकास कार्यक्रम संचालनका न्युनतम मापदण्ड:

क्र.सं.

बालि/ बस्तु

न्युनतम मापदण्ड

(क्षेत्रफल)

संख्या

कैफियत

तरकारी

७ हेक्टर

 

 

आवश्यक कागजातहरु:

  1. पूर्णरुपमा भरिएको अनुसुची-६ अनुसारको आवेदन र अनुसुची-७ बमोजिमको विवरण फारम ।
  2. समूह/सहकारी/फर्म दर्ता/नविकरण/स्थायी लेखा नं./करचुक्ता प्रमाण पत्रको प्रतिलिपी।
  3. समूह/सहकारीको हकमा बैठकको निर्णयको प्रतिलिपी।
  4. कार्यक्रम संचालन हुने स्थान (जग्गा/जमिन) को स्वामित्व खुल्ने कागजात वा जग्गा भाडामा लिएको भए कम्तीमा ५ बर्षको करार सम्झौता पत्रको प्रतिलिपी।
  5. निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी।
  6. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।

आर्थिक वर्ष: